भारतीय प्रवृत्ति विरुद्ध राष्ट्रसंघमा आवाज उठाउन राप्रपा अध्यक्ष थापाको आग्रह 

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउन आग्ह गरेका छन् । 

अध्यक्ष थापाले लिपुलेकमा नेपालीभूमी अतिक्रमण गरेर भारतले बाटो बनाएकोप्रति विरोध जनाउँदै राष्ट्रिय सहमति कायम गरेर राष्ट्रसंघमा आवाज उठाउन आग्रह गरेका हुन् ।

उनले भारतको मिचाहा प्रवृत्तिविरुद्ध सरकारले सार्वजनिक गरेको विज्ञप्ति सहि भएको पनि उल्लेख गर्दै गरेका छन् । उनले भारतीय राजदूतलाई बोलाएर विरोध जनाउनसमेत आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले ट्वीटरमा भनेका छन्, ‘नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिविरुद्ध सरकारको वक्तव्य सहि छ, सो भावना अनुरुप भारत सरकारलाई विरोधपत्र पठाउन, भारतीय राजदूतलाई बोलाई विरोध जनाउन र राष्ट्रिय सहमति कायम गरेर राष्ट्रसंघमा आवाज उठाउनेलगायत अन्य  कदम चाल्न सरकारसँग आग्रह गर्दछु।’

अध्यक्ष थापाको ट्वीट :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *