नेपालमा भारतीय र चीनको दादागिरीले सिमा नाघ्यो: भुपेन्द्र जङ शाही

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्र जङ शाहीले नेपालमा भारतीय र चीनको दादागिरीले सीमा नाघेको बताएका छन् । युवा नेता शाहीले भारतले नेपालको सहमति बिना नै नेपाली भूमिबाट मनपरी ढङ्गले सडक निर्माण गर्नु नेपाली भूमि माथिको ठाडो हस्तक्षेप भएको बताएका हुन् ।

भारतले नेपाली भूमि लिपुलेकबाट चीनसितको नाका जोड्ने सडक निर्माण सकेर उद्घाटन गरे पनि स्थानीय स्तरमा यसबारे कुनै जानकारी छैन । शुक्रवार भारतीय सञ्चार माध्यममा तवाघाट–लिपुलेक सडक उद्घाटन गरेको समाचार आएपछि युवा नेता शाही चकित हुँदै भन्छन्, यो सरासर भारतको दादागिरी हो, सरकार मूकदर्शक भएको छ ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रवार उद्घाटन गरेको उनको ट्विटरबाट थाहा भएको हो ।

अहिले हाम्रो विवादित भूमि हुँदै भारतले पनि लिपुलेक नजिकै सडक पुर्‍याएको हो । हाम्रोतिर सडक निर्माण हुन नसकेका बेला भारतले एकतर्फी सडक निर्माणको भने दार्चुलावासीले समेत असन्तुष्टि जनाएका छन् ।

यसैबिच युवा नेता शाहीले सिंहदरबारको निषेधित क्षेत्र तोड्दै अगाडि बढेको चिनियाँ नागरिकहरूको एक समूहले नेपाल प्रहरीमाथि हातपात गर्नु गलत भएको बताएका छन् । शुक्रवार सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले प्रतिकार गर्दा झडप भएको महानगरीय प्रहरी परिसरका एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले लागू गरेको बन्दा बन्दीका समयमा निषेधित क्षेत्रको उल्लङ्घन गरी प्रहरीमाथि आक्रमण गर्नु पनि गलत भयको भन्दै युवा नेता शाही भन्छन्, चिन र भारतले यसरी दादागिरी देखाउँदा पनि सरकार अन्धो जस्तै भएको छ । न केही सुन्छ न केही नै देख्छ सरकार यो त अति नै भएन र रु

यता केही दिन अघि नेकपामा विवाद चर्किएपछि नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार भेट गरेकी थिइन् । यस्तै राजदूत यान्छीले प्रधानमन्त्री समेत रहेका नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिन ।

प्रचण्ड र ओलीपछि राजदूत यान्छीले सोही दिन नै नेपाल कम्युनिस्ट पार्टी नेकपाका विदेश मामिला विभाग प्रमुख रहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न कोटेश्वर पुगेकी थिइन । यसरी चिनियाँ राजदूत यान्छीले नेकपाभित्र चुलिँदो विवादबीच नेकपाको संरक्षक जस्तो गरी गरिएको भेटलाई नेपालको आन्तरिक राजनीति मा ठाडो हस्तक्षेप भयको युवा नेता शाहीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *