युएईमा एकै दिन २२ नेपाली कोरोना भाइरसबाट संक्रमित

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) रहेका २२ जना नेपाली कामदारहरूमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। युएईको सारहजास्थित एक सफाइ कम्पनीमा कार्यरत २२ नेपाली महिला कामदारमा कोरोना सङ्क्रमण देखिएको हो। उनीहरूमा एकै पटक सङ्क्रमित देखिएको हो।

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) युएईका क्यूआरएफ टिम नेपालका संयोजक पासाङ शेर्पाका अनुसार सारहजाको एक कम्पनीमा एकै दिनमा ६१ जना महिला कामदारहरूमा कोरोना सङ्क्रमण देखिएको थियो। जसमध्ये २२ जना नेपाली महिला रहेका छन्।

सङ्क्रमित हुनेहरूलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ। तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकोले सङ्क्रमण नभएका अन्य कामदारहरू समस्या रहेको शेर्पाले बताए। उक्त कम्पनीमा एक सयको हाराहारीमा नेपाली महिला कामदार कार्यरत छन्।

जो त्यहाँ स्कुल, कलेज, बैंकलगायत विभिन्न कार्यालयमा हाउस किपिङको काम गर्छन्। एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार अहिलेसम्म युएईमा १ सय ४९ नेपाली कोरोना सङ्क्रमित भएका छन्। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने २७ जना निको भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *