थप ७ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर, कपिलवस्तु र पर्सामा गरी थप ७ जनामा कोरोना संक्रमण  भेटिएको हो ।

उदयपुरमा भुल्केका १८, ४५ र ६५ वर्षीया महिला यसैगरी कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई पुरुष र पर्सा छपकैयाका ६३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोसी अस्पताल विराटनगरमा परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । नेपालमा भेटिएका १०९ संक्रमित मध्ये ३१ जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, डिस्चार्ज भएका ३१ जनामध्ये ३ जनामा पुन: संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *