उपत्यका प्रवेशमा कडाइ, नागढुंगाबाट फर्काइयो चार सय गाडी

काठमाडौं । कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरिएको छ । चार दिनको अवधिमा उपत्यका छिर्न खोज्ने ४ सय १६ सवारीसाधन नागढुंगा नाकाबाट फर्काइएको छ ।

पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने सवारीसाधनलाई प्रहरीले फर्काएको हो । जसमध्ये धेरैजसोले पास लिएका थिए । २२ वैशाखमा ७४, २३ गते १०३, २४ गते २२७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

तराईका केही जिल्लामा कोरोना संक्रमण विस्तार भएपछि अत्यावश्यक सेवाबाहेकको अवस्थामा उपत्यकाबाहिरबाट आउन रोक लगाइएको हो ।

कतिपय एम्बुलेन्सले समेत बिरामी भनेर यात्रु बोक्ने गरेको थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । विगतमा उपत्यकाबाट बाहिरिने धेरै हुनेमा पछिल्लो केही दिनमा भित्रिन खोज्ने बढेपछि कडाइ गरिएको हो । उपत्यकाका अन्य नाकामा पनि विनाकाम उपत्यका छिर्न खोज्ने यात्रुलाई रोकिएको छ  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *