नेपालगन्जमा आजदेखि चार घण्टा लकडाउन खुकुलो

काठमाडौं । अत्यावश्यक सामान खरिदका लागि नेपालगन्जमा आजदेखि चार घण्टा खुकुलो पारिने भएको छ । बिहीबार बसेको सर्वपक्षीय बैठकले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्यावश्यक सामान खरिदका लागि खुकुलो पार्ने निर्णय गरेको हो ।

नेपालगन्जमा जारी तीन दिने निषेधाज्ञा पनि बिहीबार मध्यरातिबाट सकिएको छ । अब हरेक दिन ११ बजेदेखि तीन बजेसम्म अत्यावश्यक सामान खरिदका र आपुर्तिका लागि निस्कन दिइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

प्रजिअ खड्काका अनुसार सवारीसाधन पूर्णरुपमा निषेध गरेका गरिएको छ भने पैदल हिँडेर अत्यावश्यक सामान खरिद गर्न सकिन्छ । नेपालगन्जमा एउटै टोलबाट २३ जनामा कोरानाको संक्रमण देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो ।

नेपालगन्जमा एकजना कोरोना संक्रमित पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दै जाने क्रममा एउटै टोलका २३ जनालाई संक्रमण भएको पाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *