सहयोगी नलिई बैठकमा आउन सांसदहरुलाई सचिवालयको आग्रह

काठमाडौं । राष्ट्रियसभाको बैठकमा आउँदा सहयोगी नलिइ आउन सांसदहरुलाई सचिवालयले आग्रह गरेको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदहरुलाई यस्तो आग्रह गरेको हो ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले सांसदहरुलाई सकेसम्म सहयोगी नल्याइ आउनल आग्रह गरिएको बताएका हुन् ।

बैशाख २६ गते शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुँदैछ ।

बैठक कक्षलाई कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरण गर्नका लागि सामाजिक दुरी कायम हुने गरी तयार पारिएको छ ।

ठाउँ साँघुरो र रोगको जोखिम कम गर्नका लागि सांसदहरुहरुलाई बालकोनीमा समेत राख्ने गरी व्यवस्था मिलाइएको छ ।

ठाउँ साँघुरो हुने कोरोनाको जोखिमबाट बच्न यस्तो निर्णय गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *