अप्ठ्यारोमा परेका कर्णालीबासीलाई सहयोग गर्दै युवा नेता शाही

काठमाडौं । कर्णाली प्रदेश कालिकोटबाट काठमाडौंमा आएर मजदुरी तथा विभिन्न पेशा व्यवसाय गरिरहेका मानिसहरू पनि लकडाउनले गर्दा समस्यामा परेका छन्।

उनीहरूको समस्यालाई मध्यनजर गर्दै कालिकोटबासीलाई राजधानीमा नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही, नेपाली कांग्रेस कालिकोटका सभापति हर्षबहादुर बमलगायतका नेताहरूले खाद्य सामग्री सहयोग गर्दै आइरहेका छन्।

तरुणदल महासचिवसमेत रहेका शाही, पार्टी सभापति बमको पहल तथा राजधानीको दक्षिणकाली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अम्रिका बलामी र कांग्रेसका स्थानीय नेता राजेन्द्र खत्रीको समन्वयमा कालिकोटका १० परिवारलाई विहीबार खाद्य सामग्री प्रदान गरिएको छ।

लकडाउनले यातायात बन्द भयर हिडडुल गनै गारो भयको सयमा पनि एउटा मानवियताको नाताले काठमाडौंको पनि अलि पर टाढा रहेको दक्षिणकाली सम्म पुगेर उनीहरूलाई ३० किलोको १० प्याक चामलसँगै अन्य खाद्य सामग्रीसमेत प्रदान गरिएको हो।

यसभन्दा अघि पनि महासचिव शाही, पार्टी सभापति बमलगायतका नेताहरुले राजधानीमा समस्यामा परेका कालिकोट र कर्णालीका सयौं मानिसहरुलाई खाद्य सामग्री सहयोग गरेका महामन्त्री शाहीले अझैं पनि केही मानिसहरु बेखर्ची बनेको र असहजतामा परेको कसैले खबर गरेमा उनीहरुका लागि पनि केही दिनभित्र आफूहरुले सक्दो सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *