एयर चाइनाको जहाज धावनमार्गतर्फ घुमाउँदा समस्या
२०७७ वैशाख २५ गते

काठमाडौं। चाइना साउथर्नको जहालले चिनियाँ नागरिक लिएर फर्किएको छ। लकडाउनका कारण नेपालमा रोकिएका १ सय ६२ जना चिनियाँ नागरिकलाई लिएर फर्किएको हो। चाइना साउथर्नको जहाज उडानका क्रममा भने केही समयस्या आएको थियो।
वर्षाका कारण दक्षिणबाट उत्तरतर्फ उड्न खोजेको जहाज कोटेश्वरतिरको रनवेको टर्निङ पेडमा पुगेपछि मुख घुमाउन समस्या भएको थियो। त्यसपछि केही समय जहाज त्यही रोकिएको थियो। सवा १ बजे काठमाडौंबाट चीनको छेन्दु उड्ने समय थियो। ट्याक्सी वेको छेउमा पुगेपछि धावनमार्गतर्फ मोड्ने क्रममा जहाजलाई लम्बाई पुगेन।
त्रिभुवन विमानस्थल कार्यलयका प्रवक्ता देवचन्द्र लाल कर्णका अनुसार टोबार मेशिन ल्याएर मुख फर्काएपछि उडान भएको छ। जहाजलाई कुनै पनि क्षति नभएको उनले बताए।
२०७७ वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित








