क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

प्युठान। प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ। पताञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन शुरु गरेको हो। उनीहरुलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले बताए।

प्युठान नगरपालिका वडा नं ८ बाग्दुलामा रहेका व्यक्तिबाट शुरु गरिएको प्रशिक्षण झिमरुक गाउँपालिका मच्छीका क्वारेन्टाइन, मल्लरानी गाउँपालिका खलंगा, स्वर्गद्वारी नगरपालिका भिङ्ग्री र प्युठान नगरपालिकाका दुई स्थान दाखाक्वाडी र हरिखोला विद्यालयमा गरी जिल्लाका आठ स्थानमा दिइएको अध्यक्ष कक्षपतिले बताए। समितिले अन्य बाँकी स्थानीय तहमा पनि केन्द्रबाट अनुमति आएपछि प्रशिक्षण सञ्चालन गर्ने योजनामा रहेको उनले बताए।

योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ। सामाजिक दूरी राखेर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइको छ।

अरनिको आधारभूत विद्यालय प्युठान२ दाखाक्वाडी क्वारेन्टाइनमा काठमाडौँबाट आई क्वारेन्टाइनमा बस्नुभएका योग प्रशिक्षक बमवहादुर खड्काले योग प्रशिक्षण सञ्चालन गर्नुभएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *