२५ गते बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको भन्दै बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो तर बुधबारको सचिवालय बैठकमा अध्यक्षद्वयले बैठकको प्रस्ताव तयार पार्न नसकेपछि बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

उनले भने, ‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं, भोलिको बैठक स्थगित भएको छ, अर्को बैठकको मिति पछि तय हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *