सहमतिको प्रस्ताव तयार गर्न नसक्दा नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक अनिश्चित भएको छ । सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली आराम गर्न भन्दै बीचबाटै निस्किएपछि स्थायी कमिटीको बैठक अनिश्चित भएको हो ।

बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसक्दा बैठक के गर्ने भन्ने अनिश्चित भएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =