राष्ट्रियसभाका सांसदको पीसीआर टेष्ट भोलि हुँदै
२०७७ वैशाख २४ गते

काठमाडौं। राष्ट्रियसभाका सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण हुने भएको छ। संसद भवन नयाँ बानेश्वरमा बिहीबार बिहान १० बजेदेखि सांसदहरुको कोरोना परीक्षण हुने जनाइएको छ।
कोरोना संक्रमणको जोखिमबाट बच्न सांसदहरुको परीक्षण गरिन लागेको हो। वैशाख २६ गते देखि संघीय संसदको वर्षे (बजेट) अधिवेशनको सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार बैठक बस्ने तयारी गरिएको छ।
२०७७ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








