उच्चस्तरीय समितिको बैठकमा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोटालिटीबारे मंगलबार निर्णय लिने भएको छ। मंगलबार दिउँसो ४ बजे बस्ने बैठकले लकडाउनलाई कसरी व्यवस्थित गर्ने र लकडाउन अवधि थप गर्ने विषमा छलफल गर्ने छ।

सोमबार बसेको समन्वय समितिको बैठकले लकडाउनको मोडालिटीको विषयमा छलफल गरेको थियो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली पनि सहभागि हुनेभएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि उच्चस्तरीय समितिले खाका तय गर्ने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

उच्चस्तरीय समन्वय समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्‍ने खाका तयार गरेको छ। देशभर लकडाउन यथावत नराखेर जोखिम देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने तयारी भइरहेको छ। तर पछिल्लो समय नेपालगञ्जमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि लकडाउनको स्वरुप परिमार्जनमा केही अन्यवल भएको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले बताए।

सरकारले पछिल्लो समय थप गरेको लकडाउनको समय वैशाख २५ गते रातिबाट सकिँदैछ। कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चैत ११ देखि देशभर लकडाउन गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *