यस वर्षभित्रै कोरोना भाइरसको खोप बन्छः ट्रम्प

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा कोरोना भाइरसको खोप तयार हुने बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वातामा ट्रम्पले कोरोनाको खोप तयार हुनेमा आफू विश्वस्त रहेको बताएका हुन्। उनले भनेका छन्,’मलाई पूरा विश्‍वास छ कि यसै वर्षको अन्‍त्यसम्ममा हामीले भ्याक्‍सिन पाउने छौं।’

अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न बनाइएको खोप मानवीय परीक्षण गरेको एक महिना भइसकेको छ। सुरुवाती पुरीक्षण सुरक्षित रहेपनि प्रयोगमा ल्याउन सम्भव भइसकेको छैन। उक्त खोप उत्पादन र प्रयोगका लागि भने अनुमति दिइएको छैन।

बीबीसीका अनुसार हालसम्म मानिसको शरीरमा चार किसिमका कोरोना भाइरस देखिएका छन्। सामान्य रुघा खोकी लाग्दा जस्तो लक्षण देखिए पनि यस भाइरसको असर धेरै हुन्छ। चारमध्ये कुनै पनि कोरोना भाइरस संक्रमणविरुद्ध खोप बनिसकेको छैन।

ट्रम्पले आउँदो सेप्टेम्बरदेखि अमेरिकाका स्कूल समेत सञ्चालनमा आउने बताए। उनले उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी रहेको बताए। कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले अन्तर्वार्तामा विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरेका थिए। कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भए विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने टिप्पणी उनले गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =