नबिल बैंकले ल्यायाे घरमै बसी अनलाइनबाट खाता खाेल्ने सुविधा

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिकाबाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने सुविधा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकहरुले नबिल बैंकको शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिङ, मोबाइल बैंकिङ जस्ता डिजिटल बैंकिङ सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् ।

मोबाइल बैंकिङ सुबिधा अन्तर्गत ग्राहकहरुले रिचार्र्ज गर्ने, बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमान्तर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।

साथै यो सुविधा कोभिड–१९ संक्रमण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिएको जनाएको छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । देशभर ११८ शाखाहरु र १७७ एटिएम सञ्जाल रहेको बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *