सानिमा बैंक र दराजको सोमबार शपिङ्गबार योजना, रु ५ सयसम्म छुट दिने

काठमाडौं । सानिमा बैंक र दराजबीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ ।

सोमबारका दिन सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले डेविट वा क्रेडिट कार्ड मार्फत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो योजना बैशाख २२ गते सोमबार देखि लागू हुनेछ ।

उक्त सम्झौतामा सानिमा बैंकका बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् ।

यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

सानिमा बैंकले अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली÷टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *