देशभर २१ हजार ९५१ क्वारेन्टाइनमा, आइसोलेसनमा ७७ जना

काठमाडौं । हालसम्म पीसीआर विधिबाट १३ हजार ४१४ वटा र आरडीटी विधिबाट ४९ हजार ६८८ वटा स्वाब नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज (आइतबार) को नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारेर जानकारी दिएका हुन् । उनका अनुसार हालसम्म देशभर ७७ जना आइसोलेसनमा रहेका छन् भने २१ हजार ९५१ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *