संसद अधिवेशन बोलाउन बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । संसद बैठक बोलाउने बारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ । आजको मन्त्रिपरिषद् बैठकमा संसद अधिवेशन बोलाउने बारे छलफल हुने बताइएको छ ।

सामाजिक दुरी कायम गरी वैशाख अन्तिम सातादेखि संसदको बजेट अधिवेशन बोलाउने सरकारको तयारी छ । यसका लागि नयाँ बानेश्वर स्थित संसद भवन निर्माण र ब्यवस्थापन भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण समेत गरिसकेका छन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यात्मक अवस्था छ । भने, सरकारले बजेट ल्याउनुअघि संसदमा नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएकोले सोको तयारी भइरहेको छ ।

आजको मन्त्रिपरिषद्मा लकडाउन खुकुलो गराउने विषयमा पनि छलफल हुने छ । भारतमा भर्खरै दुई साता लकडाउन थप गरेपनि लकडाउनको मोडालिटी परिवर्तन गरेकोले नेपालले पनि २५ गते पछि लकडाउनको मोडालिटी परिवर्तन गर्ने संभावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *