स्पेनमा लकडाउन खुकुलो बनाईने, मास्क अनिवार्य

काठमाडौं । स्पेनमा लकडाउन खुकुलो बनाइंदै गर्दा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ । त्यहाँ सोमबारदेखि लकडाउन केही खुकुलो बनाउने तयारी गरेसँगै अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेको हो ।

विशेषगरी स्पेन सरकारले सार्वजनिक यातायातमा चढ्दा सबैले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम लागु गरेको छ । प्रधानमन्त्री पेद्रो सान्चेजले सार्वजनिक यातायातको स्टेनशनमा ६० लाख मास्क वितरण गर्ने र ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने बताए ।

हप्तादिन अघि नै १४ वर्षमुनिका बालबालिकाहरुका लागि लकडाउन खुकुलो पारिएको थियो । युरोपका अन्य मुलुकहरुमा सामाजिक दूरी कायम गरि लकडाउन खुकुलो पार्न थालिएको छ । युरोपमा सबैभन्दा बढी कोरोना महामारीबाट इटाली प्रभावित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *