अमेरिकी सेनाद्वारा इरान लक्षित थप आक्रमण, ५० हजारभन्दा बढी सैनिक उच्च सतर्कतामा

एजेन्सी । अमेरिकी सैन्य बलले मध्यपूर्वमा इरान लक्षित थप हवाई आक्रमणहरू सम्पन्न गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले दिएको जानकारीअनुसार यस क्षेत्रमा तैनाथ ५० हजारभन्दा बढी अमेरिकी सैनिकहरूलाई उच्च सतर्कतामा राखिएको छ ।

सेन्ट्रल कमान्डका अनुसार गत जुलाई १७ मा जोर्डनमा अमेरिकी सेवाका सदस्यहरूमाथि भएको आक्रमणको प्रतिक्रिया स्वरूप इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स’ (आईआरजीसी) संवद्ध लक्ष्यहरूमाथि पछिल्लो सैन्य कारबाही गरिएको हो ।

मध्यपूर्वभरि ५० हजारभन्दा बढी अमेरिकी सैन्य जनशक्ति परिचालित छन् । ‘उनीहरू अत्यन्त सतर्क, केन्द्रित र जुनसुकै परिस्थिति सामना गर्न पूर्ण रूपमा तयार रहेका छन्’ सेन्टकमले आफ्नो आधिकारिक विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकी सेनाले यस क्षेत्रमा आफ्ना सुरक्षाकर्मीहरूमाथि हुने आक्रमणको प्रतिकार गर्न र सुरक्षा व्यवस्था सुदृढ बनाउन सैन्य उपस्थिति र सतर्कतालाई तीव्रता दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =