नेकपा सचिवालय बैठक : वामदेवलाई प्रतिनिधिसभामा लैजाने, प्रधानमन्त्रीले गरे आत्मलोचना

काठमाडौं । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सचिबालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरेका कतिपय काम र कृयाकलापमा आत्मालोचना गरेका छन् । पार्टी फुटाउन ल्याइएकाे अध्यादेश र पार्टी भित्रकाे विवादमा पार्टी फुटाउने सम्मका हर्कतका सन्दर्भमा प्रधानमन्त्री र पार्टी अर्का अध्यक्ष प्रचण्डले समेत आत्मलाेचना गरेका पार्टी प्रवक्ता श्रेष्ठले जनाए ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’

अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।सचिबालयले यहि बैशाख २५ गते पार्टीकाे स्थायी कमिटि बैठक समेत बाेलाउने निर्णय गरेकाे छ । त्यसका लागि २४ गते सचिबालय बैठक बस्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *