विश्वका उत्कृष्ट ५ महिलाको सूचीमा नेपालकी डा.रुना झा

काठमाडौं । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको उत्कृष्ट पाँच महिलाको सूचीमा नेपालकी डा. रुना झा पनि पर्न सफल भएकी छन् । कोरोना भाइरस नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर काम गर्ने उत्कृष्ट पाँच महिलाको सूचीमा नेपाली महिला डा.रुना झा पनि परेकी हुन्

यतिवेला विश्व कोरोना भाइरससँगको लडाइँ लडिरहेको छ । यस्तो जोखिमपूण अवस्थामा पनि आफ्नो स्वास्थ्य जोखिमँगै कोरोनाको नियन्त्रणमा लागि परिरहेका महिलाहरुको कथा यूएन वुमनले सार्वजनिक गरेको छ । सो कथामा समेटिएकी छन् नेपाली महिला चिकित्सक डा. रुना झा ।

डा. रुना झा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक  हुन् ।  उनले नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व लिइरहेकी छन् । उनको नेतृत्वमा दैनिकजसो ७० वटा नमुना परीक्षण हुने गरेका छन् । प्रयोगशालामा कतिबेला सम्म बस्ने भन्ने निश्चित नभएपनि उनी बेलुकी अबेरसम्म प्रयोगशालामै बसेर काम गर्ने गर्छिन् । उनी नेतृत्वको टोली चीनको वुहानबाट ल्याइएका १७५ जना नेपाली विद्यार्थीलाई राखिएको क्वारेक्टीनमा पहिलोपटक सेवा गर्न सुरु गरेको थियो । उनको टोलीले कोरोना संक्रमण नियन्त्रण परीक्षण लगायत सम्पूण कार्यमा महत्वपूर्ण भूमिका निर्वा गरेको छ ।

यस्तो चुनौतीपूर्ण अवस्थामा पनि उनले घरपरिवारबाट अलगै रहेर काम गरिरहेकी छन् । उनले हालसम्म आफ्नो परिवारलाई पनि भेटकी छैनन् ।

उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन्। उनीहरु जोर्डनमा कार्यरत छन्। दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन्।

यस्तै उत्कृष्ट पाँचमा पर्ने चीनकी यान सेंगलियान हुन्। उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन्।

कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बरबुढामा कार्यरत रहेको युएनओमनले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *