अब लकडाउन खुकुलो बनाईने, यस्तो छ सरकारको रणनीति

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन उच्च सतर्कता अपनाएर केहि खुकुलो बनाइने भएको छ । जोखिम नभएको ठाउँमा उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउनेबारे सरकारले छलफल सुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लकडाउनलाई कसरी खुकुलो र व्यवस्थित बनाउन सकिन्छ भनेर छलफल भइरहेको जानकारी दिए । उनका अनुसार कृषि र उद्योग क्षेत्रलाई ख्याल गरेर केही खुकुलो बनाउन सकिन्छ कि भन्ने सरकारले रणनीति बनाइरहेको हो । मन्त्री ढकालले जनताले लकडाउनको नियम पालना गरेकाले संक्रमण फैलिन नपाएको पनि बताएका थिए ।

नेपाल कोभिड–१९ को उच्च जोखिममा नभएपनि ढुक्क हुने अवस्था नभएकाले लकडाउनलाई नयाँ ढंगले अघि बढाउन पहल सरकारले पहल थालेको उनको भनाई छ । ‘काठमाडौंमा धेरै खतरा देखिएको छैन, यस्तै कम खतरा अन्य क्षेत्रमा पनि बाहिरको आउजाउ रोकेर लकडाउन खुकुलो बनाउन सकिन्छ ।’ उनले भने ।

लकडाउन खुकुलो बनाऊ : संसदीय समिति
यसैबीच राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले उच्च सतर्कता अपनाएर लकडाउन खुकुलो बनाउन सरकारलाई निर्देशन दिएको छ ।

स्वास्थ्यमन्त्री ढकालकै उपस्थितिमा भएको छलफल भएपछि समितिले यस्तो निर्देशन दिएको हो । लामो लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेको उल्लेख गर्दै समितिका सभापति परशुराम मेघी गुरुङले लकडाउन खुकुलो बनाउँदै लाने रणनीति सरकारले ल्याउनुपर्ने बताए ।

संसदीय समितिले कोभिड-१९ को संक्रमण यकिन गर्न कम्तीमा हरेक परिवारको एक सदस्य छनोट गरी स्वास्थ्य परीक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य सामग्रीको भण्डारणमा ध्यान दिनुपर्ने भन्दै कोभिड-१९ नियन्त्रणका लागि आदेश जारी गर्दा वा योजना बनाउँदा विज्ञको सल्लाह लिन पनि सरकारलाई भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *