काेभिड १९ का ९५ प्रकारका भ्याक्सिन विकासकाे क्रममा,कहिलेदेखि आउला परीक्षणमा ? (सूचि सहित)

एजेन्सी । काेभिड १९ काे उपचार र भ्याक्सिन कहिले तयार हुन्छ ? कसले बनाउँछ र त्यसकाे प्रयाेग कहिले हुन्छ ? विश्वभर चासाे र चिन्ताकाे विषय बनेकाे छ । काेराेनाबाट विश्वभर आजका दिनसम्म २ लाख ३४ हजार बढिकाे मुत्यु भइसकेकाे अवस्थामा नेपालमा पनि काेभिड १९ काे भ्याक्सिन कहिले आउला ? भन्ने जिज्ञासा हुनु स्वभाविक हाे ।

विश्वभर अहिलेसम्म कोभिड १९ सम्बन्धित ९५ प्रकारका भ्याक्सिनहरु विकासका क्रममा छन् । र, केहीको परीक्षण पनि सुरु गरिएको छ ।

अमेरिकामा कोभिड १९ बिरुद्धको भ्याक्सिनको पहिलो परीक्षण मार्चको दोश्रो साता गरिएको हो । त्यो यता ९५ प्रकारका भ्याक्सिनहरु विकासको क्रममा छन् भने केहीको परीक्षण पनि सुरु गरिएको छ । त्यस्तै २५४ थेरापीहरु पनि विकासको क्रममा छन् ।

अहिले भ्याक्सिनहरुको परीक्षण भएपनि यो वितरणसम्म आइपुग्दा १२ देखि १८ महिनासम्म लाग्नसक्ने बताइएको छ । तर अधिकांश क्लीनिकल परीक्षणहरु सफल हुन मुस्किल हुने भएकाले उक्त समयअवधिमा पनि भ्याक्सिन आउनेमा आशंका रहेको छ । किनभने शोधकर्ताहरुलाई रकम जुटाउन, स्वीकृति पाउन र भागभागमा अध्ययनका लागि बर्षौसम्म लाग्ने गरेको छ ।

१८ महिनाभित्र भ्याक्सिन उत्पादनको टाइमफ्रेम बनाउने हो भने दौडमा सकेजति घोंडाहरुलाई राख्नुपर्ने बताउँछन् डाक्टर पिटर होजेज । उनी बेलोर कलेज अफ मेडिसिनमा नेशनल स्कुल अफ ट्रपिकल मेडिसिनका डिन हुन् । अहिलेसम्म एफडीएले सम्पूर्ण औषधी परीक्षणमा जम्मा १० प्रतिशतलाई मात्र स्वीकृति दिने गरेको छ, बाँकी ९० प्रतिशत असफल हुने गरेका छन् ।

दशकौं देखि भ्याक्सिन उद्योगमा काम गरेर सेल बायोलोजिस्ट रोबर्ट भ्यान एक्जनले सन् २०२१ वा २०२२ भन्दा अगाडि भ्याक्सिन स्वीकृत हुन नसक्ने बताउँछन् । तेज दौडका कारण अहिले परीक्षणमा रहेका अधिकांश भ्याक्सिनहरु असफल हुने अनुमान गर्छन् उनी ।

एउटा फ्रेन्च बायोफार्माच्युटिकल कम्पनी सानोफीले अबको केही महिनामा कोभिड १९ बिरुद्धको भ्याक्सिन परीक्षण गर्ने अपेक्षा गरिएको छ । सफल भएमा यो भ्याक्सिन सन् २०२१ को अन्त्यसम्ममा तयार हुनसक्ने बताइएको छ ।

पहिलो चरणमा सानो समुहमा भ्याक्सिनको परीक्षण गरिन्छ । त्यसको नतिजा आउन केही महिना लाग्छ । त्यसपछि दोश्रो चरणमा केही सय व्यक्तिमा परीक्षण गरिन्छ । केही महिनामा नतिजा हेरेपछि केही हजारमा परीक्षण गरिन्छ । त्यसपछिमात्र स्वीकृतिका लागि अरु चरणहरु पूरा गर्नुपर्छ ।

अहिलेसम्म विकास गरिदै गरेका भ्याक्सिन र थेरापीको सुची हेर्नुहोला ।

काेभिड १९ काे विरूद्धकाे तयार हुँदै गरेका भ्याक्सिन र थेरापी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *