ट्रम्पको घोषणाः नयाँ मानिसहरुलाई अमेरिकामा बस्ने अनुमति छैन

वैशाख ९, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको संकटका बिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर अमेरिकी प्रवासीहरुलाई अमेरिकामा बस्न रोक लगाउने बताएका छन् ।  

यद्यपी अहिले नै यो स्पष्ट छैन कि राष्ट्रपति ट्रम्पको घोषणामा कतिको गम्भीरता छ तर ती गैर अमेरिकी को हुन् जो अमेरिकामा बस्छन् ? 

अमेरिकी गृह मन्त्रालयको आँकडा अनुसार २०१९ मा १० लाखभन्दा बढी गैर अमेरिकी मानिसहरुलाई अमेरिकामा कानूनी र स्थायी रुपमा बस्ने स्वीकृति मिल्यो । तीमध्ये ज्यादा मानिसहरु मेक्सिको, चीन, भारत, फिलिपिन्स र क्युबाको रहेको बीबीसीले उल्लेख गरेको छ ।  

डोनाल्ड ट्रम्प अमेरिकी ...

ती १० लाख मध्ये आधाभन्दा ज्यादा मानिसहरु पहिलेदेखि नै अमेरिकामा बस्दै आएका थिए र ४, ५९, ००० मानिसहरु विदेशबाट आएका थिए । ट्रम्पको हालसालैको घोषणाले ती मानिसहरु ज्यादा प्रभावित हुनेछन् जो विदेशबाट आएर अमेरिकामा बस्छन् ।  

शरणार्थीको कुरा गर्ने हो भने २०१९ सालमा अमेरिकामा ३० हजार शरणार्थी आएका थिए । तीमध्ये धेरैजसो कंगो, म्यानमार, यूक्रेन, एरीटिया, अफगानिस्तान र सीरियाका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =