कपिलवस्तुमा भीषण आगलागी, २५ घर–गोठ जलेर नष्ट !

२०७६ चैत २१ गते

चैत्र २१, काठमाडौं । कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी हुँदा अहिलेसम्म २५ घर–गोठ जलेर नष्ट भएको छ ।
जिल्लाको विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा आगलागी हुँदा लहरै रहेका फुसले छाएका २५ घरगोठ जलेर नष्ट भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपशमशेर राणाले जानकारी दिए ।
घटनामा कुनै मानवीय क्षति नभएको उनको भनाइ छ । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, नगद तथा खाद्यान्न भने जलेको छ।
आगो करिब २ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ । तौलिहवाबाट आएको एउटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेकाे प्रहरीले जनाएको छ ।
क्षतिको यकिन विवरण तयार पार्न बाँकी रहेको उनले बताए । घटनको थप विवरण आउन बाँकी छ ।

२०७६ चैत २१ गते
प्रतिक्रिया
सम्बन्धित