ओपोले सुरु गर्‍यो सजगता अभियान

बैशाख २, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन ओपोले सामाजिक सञ्जालमार्फत सजगता अभियान सञ्चालन गरेको छ । कोरोनाको विश्व महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिन ओपोले यो अभियान सञ्चालन गरेको हो ।   

यस अभियान मार्फत जनतालाई महामारीका रुपमा रहेको कोभिड १९ का बारेमा जानकारीका साथै रोग लाग्नबाट जोगिनका लागि आवश्यक उपायहरुका बारेमा समेत सटिकताका साथ सुचना प्रवाह  गर्ने कम्पनीले बताएको छ ।   

ओपोका डिजिटल मिडिया प्ल्याटफर्महरु मार्फत कम्पनीले कोरोनाभाइरसका लक्षण, अपनाउनु पर्ने सजगताका बारेमा सूचनाहरु प्रेशित गरिरहेको छ ।   

ओपोस्ट्याण्ड्सविथयू, स्टेहोमस्टेसेफ जस्ता ह्याशट्यागहरुको प्रयोग मार्फत कम्पनीले सजगता फैलाउने कार्य गर्दै आइरहेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले सबैलाई हालको महामारीको समयमा घरभित्रै बसी सुरक्षित रहनसमेत अनुरोध गरेको छ ।   

कोभिड १९ महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको अवस्थामा यसबाट बच्न सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच कम्पनीले बताएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *