डाक्टर पुनलाई स्पष्टिकरण सोधेकोमा पूर्वराजाले यसरी पोखे असन्तुष्टि

वैशाख ७, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चिकित्सकसँग स्पष्टिकरण सोधिएकोमा असन्तुष्टि पोख्दै संकटको घडिमा राज्यले स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गर्नुपर्ने बताएका छन् ।  

यस्तो विपतको घडिमा नागरिकको सेवामा जुटेका चिकित्सकहरुलाई विभिन्न बहानामा मनोबल गिराउने काम भएमा यसको नकारात्मक असर सर्वसाधारण नागरिकले भोग्नुपर्ने उनको भनाइ छ । 

ज्ञानेन्द्र शाहको ट्वीटर ह्याण्डलबाट पूर्वराजा शाहले भनेका छन्– ‘स्वास्थ्य संकटको यस विकट घडीमा अग्रपंक्तिमा रहेर हरदम नागरिकको सेवामा जुटेका विशेषज्ञ डाक्टरहरु वा अन्य सहयोगी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य राज्यबाट हुनु अति आवश्यक छ । न कि कुनै बहानामा मनोबल गिराउने काम । यसको नकारात्मक असर साधारण नागरिककले भोग्नु पर्ने हुनसक्छ ।’ 

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना ...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि स्पष्टिकरण माग्दै पत्र पठाएको थियो । मिडियामा धेरै देखिएको र कोरोनाबारे आवश्यक जानकारी दिएकै कारण समस्या सिर्जना भएको डाक्टर पुनले बताएका थिए ।  

डाक्टर पुनसँग स्पष्टिकरण सोधिएपछि चौतर्फी रुपमा सरकारको विरोध भएको थियो । डाक्टर पुन टेकु अस्पतालको क्लिनिकल अनुसन्धान विभागको संयोजक हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *