आज वर्षाको सम्भावना, यस्तो छ दुई दिनको पूर्वानुमान


चैत २३, काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेकाले मौसम बदली भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पश्चिमी पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
बाँकि भू-भागमा मौसम भने सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भू-भागका चट्याङसहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
null
यस्तो छ दुई दिनको पूर्वानुमान :-
चैत्र २३ गते (आईतबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ ।
चैत्र २४ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भाग तथा पश्चिमि भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पहाडी भू-भाग तथा पश्चिमि भू-भागमा आँशिक बदली भई एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।
