भारतमा प्रधानमन्त्रीसँगै सबै सांसदको तलब कटौती गर्ने सरकारको निर्णय

चैत्र २५, नयाँ दिल्ली । भारतमा सांसदको तलब कटौति गर्ने सरकारले निर्णय गरेको छ ।  

कोरोना भाइरस सङ्क्रमणको प्रकोप बढिरहेका बेला भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्ने घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि भारतका सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने निर्णय गरिएको पुष्टि गरे ।  

‘पहिलो निर्णय नेताहरूको तलब र पेन्सनसँग जोडिएको ’संसद् सदस्य (तलब, भत्ता र पेन्सन) सँग जोडिएको अधिनियम १९५४’ मा परिमार्जन गरिनेछ’, मन्त्री जावडेकरले भने, ‘त्यसबाट कोरोनाको महामारीसँग जुझ्न प्रधानमन्त्रीसँगै सबै सांसदहरूको तलब ३० प्रतिशतले कटौती हुनेछ ।’ 

जावडेकरका अनुसार कटौतीसम्बन्धी निर्णय अप्रिल १ देखि सुरू भई यस आर्थिक वर्षका लागि लागु रहनेछ । तलबबाहेक सांसदहरूको भत्ता पनि कटौती हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *