मनकारी ताराबहादुर : पीडितलाई बाँडे खाद्य सामाग्री

चेत्र २०, काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरले लकडाउनपीडितलाई खाद्य सामग्री वितरण गरेका छन् । 

कुँवरले कोरोना भाइरस रोकथाम (कोभिड १९) तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका परिवारलाई खाद्य समाग्री वितरण गरेका हुन् ।   

काठमाडौंको बाफलका कुँवरले काठमाडौं महानगरपालिका १३ र नागार्जुन नगरपालिकाका परिवारलाई चामल, आलु, चिनी, दाल, चियापत्ति, तरकारीलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।   

लकडाउनपीडितलाई समाजसेवी कुँवरको सहयोग

कुँवर नेपाल हेभी इक्विपमेन्ट व्यवासायी महासंघका अध्यक्षसमेत हुन् । उनले लकडाउनले दैनिक कामकाज गरेर गुजारा चलाउने श्रमिकहरुको जीवन संकटमा परेकाले सहयोग गरेको बताएका छन् ।   

कुँवर चक्रपथ सफाई अभियानका प्रमुख अभियन्तासमेत हुन्  । उनकै नेतृत्वमा अभियानले १ सय ४० औं हप्ता कलंकीदेखि नयाँ बसपार्कसम्म हरेक शनिबार विहान सरसफाई गर्दै आएको छ ।   

महंगो शुल्क लिएर विद्यार्थी पढाउने निजी अस्पतालले यो असहज अवस्थामा विरामीको उपचार गर्नबाट पन्छिएकोमा आपत्ति जनाउँदै अस्पतालहरु जिम्मेवार नभएको समेत बताए । 

उनले सबै नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित रहन घरभित्रै बस्न आग्रह गरेका छन् । 

कुँवरले हिजो कुलेश्वरको नेपाल विद्युत प्राधिकरणमा आगो लाग्दा पनि आफ्नै  डोजर लिएर गएको बताए । आवश्यक परेको खण्डमा डोजरले माटो खनेर आगो निभाउन डोजर लगिएको उनको भनाई छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =