भारतमा कोरोना संक्रमणबाट एक वर्षीय बालकको मृत्यु, २३ दिने शिशु पनि संक्रमित

सांकेतिक तस्विर 

चैत्र २६, नयाँ दिल्ली । भारतको तेलंगानामा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट १ वर्षीय बालकको मृत्यु भएको छ ।  

संक्रमणबाट ज्यान गुमाएको बालक भर्खरै १४ महिना पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । भारतमा कोरोना संक्रमणबाट बालकको मृत्यु भएको यो पहिलो पटक हो ।  

खाल्डोमा पुर्न लगिएको शिशु ...

यस्तै २३ दिनका शिशु पनि संक्रमित भेटिएका छन्। भारतमा कोरोना संक्रमणबाट मंगलबारसम्म ज्यान गुमाउनेको संख्या १ सय २४ पुगेको छ भने  ४ हजार ७ सय ८९ जना संक्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ३ सय ५२ जना उपचारपछि निको भएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *