साउदी अरबमा चार नेपालीमा कोरोना संक्रमण
२०७६ चैत २४ गते

चैत्र २४, काठमाडौं। साउदी अरेबियामा रहेका चार नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक साउदी अरेबियामा रहेका चार नेपालीमा संक्रमण देखिएको साउदी अरबस्थित नेपाली राजदूतावासले जनाएको छ।
साउदी स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चारजना नेपाली नागरिकमा कोरोनाको संक्रमण देखिएको नेपाली राजदूतावासले जनाएको हो। आइतबार साउदी अधिकारीहरूले जारी गरेको तथ्यांकअनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई हजार तीन सय ८५ छ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन साउदी सरकारले शनिबारबाट लागू हुने गरी जेद्दाका विभिन्न क्षेत्रमा २४ घन्टे कर्फ्यु जारी समेत गरेको साउदीको गृह मन्त्रालयले जनाएको छ।

२०७६ चैत २४ गते
प्रतिक्रिया
सम्बन्धित








