दार्चुलामा ४६१ जनाको ‘थ्रोट स्याब’ सङ्कलन गरी काठमाडौं पठाइयो

दार्चुला । दार्चुलामा भारतबाट आएका ४६१ जनाको  ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ । जिल्लाका छ स्थानमा रहेका क्वारेन्टाइन र होम क्वारेन्टाइनबाट कूल ४६१ जनाको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरिएको हो । जसमा ४३८ पुरुष २० महिला र तीन जना बालबालिका रहेका छन् ।   

आज (शनिबार) बिहान नेपाली सेनाको हेलिकप्टर र कैलाश एयरको हेलिकप्टरमार्फत ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको हो । दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा शैल्यशिखरका ६४ जना, मालिकार्जुन गाउँपालिकाका १६ र लेकम गाउँपालिकाका चार जना गरी कूल ८४ जनाको थ्रोट स्याब सङ्कलन गरिएको हो । गोकुलेश्वरमा सबै पुरुषको मात्रै ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको हो । 

महाकाली नगरपालिकामा १११ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ ।  जसमध्ये ९७ जना पुरुष, १२ जना महिला र दुई जना बालकको थ्रोट स्वाब कोरोना परीक्षणका लागि सङ्कलन गरिएको छ ।   

Image may contain: one or more people, outdoor and nature

यसैगरी मार्मा गाउँपालिकाको लटिनाथमा कूल १४५ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ । मार्मा गाउँपालिकाका १३९ जना र अपिहिमालका छ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ । मार्मा गाउँपालिकामा एक स्थानीय र एक जना स्वास्थ्यकर्मी महिलासमेतको थ्रोट स्याब सङ्कलन गरिएको हो । 

नौगाड गाउँपालिकामा ४५ जनाको थ्रोट स्याब सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए।   

यस्तै दुहुँ गाउँपालिकाको हिकिलामा ३३ पुरुष र पाँच महिला गरी ३८ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ । दुहुँमा ३५ जना क्वारेन्टाइनमा बसेका व्यक्ति र तीन जना होम क्वारेन्टाइनमा बसेकाको थ्रोट स्याब सङ्कलन गरिएको हो ।   

यसैगरी व्यास गाउँपालिकाको हुतीमा ३७ पुरुष र एक महिला गरी ३८ जनाको स्याब सङ्कलन गरिएको छ । शनिबार सङ्कलन गरिएको थ्रोट स्वाबलाई परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।   

कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली दार्चुला पुगेको थियो । जिल्लाका नौवटै स्थानीय तहमा भारतलगायतका देशबाट आएका व्यक्तिको थ्रोट स्वाब सङ्कलन गर्ने गरी सबै क्षेत्र भूगोल मिलाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । 

स्वाब सङ्कलनमा प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो । अहिले क्वारेन्टाइनमा बसेका र बाहिरबाट आएर होम क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजिटिभ आएमा आइसोलेशनमा राखेर उपचार गरिन्छ भने रिपोर्ट नेगेटिभ आएपछि उनीहरु होम क्वारेन्टाइनमा बस्नेछन् । 

दार्चुलामा एक हजार ४०७ जना भारतलगायतका क्षेत्रबाट आएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।   

सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्वाव परीक्षण गर्न लगाइएको प्रजिअ पौडेलले बताए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *