‘लकडाउन’को पहिलो दिन गौरीफन्टा नाकामा खटिएका प्रहरी क्वारेन्टाइनमा

चैत्र २४, काठमाडौँ। सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन कैलालीको गौरीफन्टा नाकामा खटिएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले चैत्र ११ गते देखि देशभर लकडाउन गरेको थियो।   

लकडाउन कारण सोही दिन भारतबाट फर्केर गौरीफन्टा नाका पुगेका नेपालीहरूलाई प्रहरीले नेपाल प्रवेश गर्न रोकेको थियो। नेपाल प्रवेशमा रोक लगाएपछि भारतबाट फर्किएका उनीहरू नेपाल प्रवेश गर्न खोजेका थिए। सोही क्रममा प्रहरी र उनीहरुबीच धकालाधकाल भएको थियो। पछि, सरकारले एक पटकका लागि नेपाल प्रवेश गर्न दिएको थियो।   

त्यति बेला प्रवेश गरेका एक २१ वर्षीय युवामा कोरोना भाइस (कोभिड—१९) कोरोना संक्रमण देखिएपछि त्यस क्षेत्रमा खटिएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो। उक्त दिन गौरीफन्टा नाकामा खटिएका प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको कैलालीको एसपी सुदीप गिरीले जानकारी दिए।   

उनका अनुसार अहिलेसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन। तर, सतर्कता अपनाउन भन्दै सेल्फ क्वारेन्टाइनमा राखिएको बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *