पाकिस्तानमा १ हजार बढी कोरोना संक्रमित, किन लकडाउन गर्न चाहँदैनन् इमरान ?

चैत्र २३, काठमाडौं । शनिबार रातिसम्म पाकिस्तानमा २ हजार ८ सय २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि भइसकेको छ भने ४१ संक्रमितले ज्यान गुमाइसकेका छन् ।  

सबैभन्दा धेरै असर पञ्जाब प्रान्तमा परेको छ जहाँ अहिलेसम्म १ हजार १ सय ३१ जना संक्रमित भएको पुष्टि भएको छ ।  

संक्रमितको संख्या दिनहुँ बढिरहेको अवस्थामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानमा लकडाउन लागु नगर्ने बताएका छन् ।  

जंग पत्रिकाका अनुसार शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै इमरानले २२ करोड मानिसहरुलाई बन्द गर्न नसकिने बताए ।  

इमरानले भनेका थिए– ‘यो नसम्झनुस् कि पाकिस्तानमा कोरोनाको खतरा छैन । तर २२ करोड मानिसहरुलाई बन्द गर्न सकिँदैन, यो असम्भव छ । पाकिस्तानमा एकातर्फ कोरोना र दोस्रोतर्फ भोक छ । मात्र त्यहीँ ठाउँमा लकडाउन गरिएको छ जहाँ भीड जम्मा हुने आशंका छ ।’ 

आम मानिसहरुलाई सावधानी अपनाउन अपिल गर्दै १४ अप्रिलमा यसबारे पुन छलफल गरिने इमरानको भनाइ छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *