लकडाउनमा फसेका पर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था

चैत्र १९, काठमाडौ । ओयो होटेल एण्ड होम्सले लकडाउनमा फसेर आफ्नो घर फर्किन नपाएका पर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ ।   

सरकारले नोबल कोरोना भाइस (कोभिड १९)को संक्रमणबाट बच्न गरेको लकडाउनबाट अलपत्र परेका नेपाली तथा पर्यटकहरुलाई ओयो होटेलले सो व्यवस्था गर्र्ने भएको हो ।   

ओयोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रोकिएर प्रभावित परेकाहरुलाई आवास प्रदान गर्नेछ । 

आज (अप्रिल १ )देखि ओयो होटेलले देशभर लकडाउनमा फसेका पर्यटक र नेपालीहरुलाई निःशुल्क आवासको सुविधा प्रदान गर्ने जनाएको छ । 

ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले भने, “कोभिड १९ महामारीले विश्वभर नै प्रतिकूल प्रभाव पार्यो, यो चुनौतिपूर्ण समयमा पनि हामी संचालनमा रहेका छौं, एक जिम्मेवार कर्पोरेटको रुपमा हामी वास्तवमा जरुरतको घडिमा एकसाथ उभिनुको महत्व बुझ्छौं, हामी नेपालमा लकडाउनमा फसेकाहरुका लागि हाम्रो होटेलका ढोका खोल्ने कोशिस गर्दछौं, यस कठिन समयमा नेपालमा रहेका पर्यटकहरु, सरकार र हाम्रा सरोकारवालाहरुलाई हामीले हाम्रो हदसम्म सके जति सबै गर्नेछांै ।”   

ओयोले आवासको आवश्यकतामा रहेका सम्पूर्णहरुलाई थप जानकारीका लागि ग्राहक सेवा ०१४२१७४७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =