कोरोना संक्रमणको मानसिक समस्या र समाधान : डा. रवीन्द्र पाण्डे

विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणले गर्दा १२ लाख व्यक्ति प्रतक्ष्य प्रभावित भएका छन् भने करोडौं व्यक्तिहरु डर र त्रासमा आफुलाई कमजोर बनाइरहेका छन् । प्रतक्ष्य प्रभावित, उनीहरुको परिवार, आफन्त, नजिकका साथी प्रभावित हुनुलाई स्वाभाविक मान्न सकिन्छ । त्यस्तै फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, खाध्य वितरक एबम उनीहरुका परिवार चिन्तित हुनु पनि स्वाभाविक हो । तर विश्वको एउटा कुनामा फैलिएको रोगबारे अर्को कुनामा चिन्ता\तनाब हुनु भनेको यसको विश्वव्यापी मानसिक असर हो ।दैनिक बढ्दो गतिमा उकालो लागिरहेको संक्रमित तथा मृतकको संख्याको कारण यस्ता समस्या देखिएका छन् ।- शरीर तातो हुनु, ज्वरो आएजस्तो लाग्नु तर तापक्रम नाप्दा नर्मल देखिनु ।- घाँटीमा खसखस हुनु, केहि अड्किएको अनुभव हुनु ।- शरीर झम्झनाउनु, केहि हिंडेजस्तो लाग्नु ।- कोरोना संक्रमणमा लक्षण मिलेजस्तो लाग्नु ।- रिंगटा लाग्नु, थकाइ लाग्नु तथा कमजोर महशुष हुनु ।
यी लक्षणबाट सुरु भएको समस्या आफै नियन्त्रण गर्न सकिन्छ । यो सामान्य अवस्था हो । यो समस्या ब्यबस्थापन गर्न नसके तलका समस्याहरु देखिन्छन् ।• आफु र आफन्तको स्वास्थ्य बारे चिन्ता लाग्नु ।• निद्रा धेरै लाग्नु वा लाग्दै नलाग्नु ।• निदाउन वा एकाग्रता हुन गाह्रो हुनु ।• आफ्नो स्वास्थ्य खराब भएको महशुष गर्नु ।• रक्सी, चुरोट, सुर्ती लगायतको प्रयोग अधिक हुनु ।• शारीरिक लक्षण (थाकेको, बिरामी भएको जस्तो) र मानसिक लक्षण (डर, परिवार र समाजबाट अलग हुने, गिल्टी अनुभव हुने) ।
तनाब ब्यबस्थापन गर्ने तरिका:• लगातार पढ्ने, हेर्ने, सुन्ने, सामाजिक सञ्जाल चलाउने लगायतका काममा ब्रेक लिने ।• आफ्नो शरीरको ख्याल गर्ने । गहिरो सास लिने, शरीर तन्काउने, स्वस्थ्य खाना खाने, नियमित व्यायाम गर्ने, पर्याप्त सुत्ने, रक्सी तथा ड्रग नखाने ।• थुनिएर नबस्ने । सक्रिय हुने, मनोरञ्जन गर्ने ।• अरु व्यक्तिसँग सम्पर्कमा रहिरहने | आफुले विश्वास गर्ने व्यक्तिसँग आफ्नो अनुभव सेयर गर्ने ।आफ्नो परिवारलाई समय दिने ।• आफ्नो दैनिक गतिविधिको तालिका बनाउने जस्तैः ब्यायाम गर्ने, पढ्ने, खाने, सुत्ने, उठ्ने लगायतका क्रियाकलाप सधै निश्चित समयमा गर्ने ।• युट्युब लगाएर योग, ध्यान तथा रिल्याक्स टेक्निक अपनाउने ।• ओशो, रविशंकर, सद्गुरु लगायतका स्पिच सुन्ने ।• थोरै र आधिकारिक समाचारमात्र सुन्ने / हेर्ने ।• हल्ला र भ्रमको पछि नलाग्ने | विज्ञको कुरा सुन्ने ।• समस्यासँग सामना गर्ने आँट र उत्साहको बिकास गर्ने ।• आकास, जुन, तारा, घाम, सुर्योदय, सुर्यास्त, रुख, चरा आदि प्रकृतिको समीप रहने ।• यो समस्या र क्षतिलाई क्षणिक ठान्ने।• धेरै गाह्रो भएमा मनोविज्ञसँग परामर्श लिने ।• आबश्यक परे मनोरोग बिशेषज्ञसँग परामर्श गरेर केहि समयको लागि औषधि सेवन गर्ने ।• जन्म, वृद्धि, क्षय र मृत्युको चक्रलाई आत्मसात गर्ने ।









