कोरोनाको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको आरोपमा जगदम्बा स्टिलका मालिक पक्राउ
२०७६ चैत २५ गते

चैत्र २५, काठमाडौं । कोरोनाको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् ।
मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नक्सालबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।
जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका उनले ३ देखि ५ हजारसम्म पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको प्रहरीको आरोप छ ।

अग्रवाल युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष समेत हुन् ।
२०७६ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








