धरान उपमहानगरपालिकाद्वारा वीपीका पदाधिकारी, चिकित्सक र कर्मचारीलाई तलब दिन उर्दी !

चैत्र २४, धरान । कोरोना भाइरस महामारीबाट विपन्न परीवारलाई बचाउन भन्दै धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारीको तलब मागेको छ । धरान उपमहानगरपालिकाले प्रतिष्ठानलाई पत्र पठाउँदै प्रतिष्ठानका पदाधिकारीलाई १५ दिनको तलब उपलब्ध गराउन भनेको छ भने कार्यरत चिकित्सक, कर्मचारीको १० दिन बराबरको तलब उपलब्ध गराउन भनेको छ ।   

कोरोना रोकथामका लागि संघिय सरकारबाट लकडाउन गर्दा धरान प्रभावित भएको र आवागमनका कारण दैनिक ज्याला मजदुरी गरिखाने अति विपन्न परीवारलाई खाद्यान्नको समस्या हुने भएकोले नगरपालिकाले राहत जम्मा गर्न कोषको ब्यवस्था गरेकोले सो कोषमा प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारीको तलबको १० प्रतिशत र पदाधिकारीको १५ प्रतिशत तलब उपलब्ध गराउन माग गरिएको छ ।   

उपमहानगरपालिकाले आफ्ना सबै जनप्रतिनिधिहरुले १५ दिनको तलब कोषमा दिने निर्णय गरिसकेको जनाउँदै प्रतिष्ठानका पदाधिकारी, चिकित्सक र कर्मचारीलाई पनि सहयोग गर्न भनेको हो ।   

उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रतिष्ठानका उपकुलपति डा. गुरु खनाललाई पत्रै लेखेर तलब मागेपछि प्रतिष्ठानका कतिपय जुनियर कर्मचारीहरु आक्रोशित भएका छन् । ‘महिनाको १८ हजार तलब छ, १० प्रतिशत राहत कोषमा दिएपछि हामीले कसरी गुजारा गर्नु ?’ एक जुनियर कर्मचारीले भने ।  

हेर्नुहाेस पत्र 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =