राहत वितरणको विषयमा झडप हुँदा १९ जना घाइते

चैत्र १९, वीरगञ्ज। वीरगन्जमा ‘लकडाउन’का कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन्। वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप भएको थियो।   

वडाध्यक्ष सन्तोष तिवारीका अनुसार दुई पक्षबीच भएको झडपमा महिला बालबालिकासहित १९ जना घाइते भएका छन्। घाइते भएकाहरूको वीरगन्जस्थित नारायण अस्पतालमा उपचार भइरहको छ। घाइतेमध्ये केहीको टाउको चोड लागेको छ भने कतिपयको हात भाँच्चिएको छ। 

लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई वडामा राहत वितरण गर्नको लागि नाम संकलन गर्न सर्वपक्षिय बैठकलबाट समिति बनाइएको थियो। उक्त समितिले वडामा भएको केहुनिया र बरवा गाउँमा लकडाउनका कारण समस्यामा परेकाहरुको नामावली संकलन गरेर राहतको लागि सिफरिस गर्नेछ। 

null

वडामा दुईवटा गाउँ भएकोले छुटाछुटै दुई वटा समिति पनि बनाइएको थियो। सोही समितिका पदाधिकारीहरु बुधबार नामावली संकलन गर्न गाउँमा पुगेका थिए। तर नाम संकलन गर्दागर्दै अचानक दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष तिवारीको भनाइ छ। 

वीरगञ्ज महानगरपालिकाले मंगलबार बोर्ड बैठकबाट निर्णय गरेर लकडाउनबाट प्रभावित महानगरका गरिब तथा अति विपन्नहरुलाई राहत वितरण गर्ने निर्णग गरेको थियो। महानगरमा रहेका ३२ वटै वडामा रहेका विपन्न परिवारलाई राहत वितरण गर्न महानगरपालिकाले एक करोड बजेट छुटयाएको वीरगञ्ज महानरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए। 

उनले राहत वितरण गर्नको लागि नाम संकलन गर्न जाँदा कुटाकुट हुनु दुःखद भएको बताए। घटनामा संलग्नलाई कारबाही गरिने उनले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =