खैरहनीको राहत कोषमा डेढ लाख सहयोग

वैशाख ४, चितवन । कोरोना भाईरस संक्रमणपछि खैरहनी नगरपालिकामा स्थापित विपद व्यवस्थापन राहत कोषमा विहीबार थप डेढ लाख रुपैया सहयोग भएको छ । नेकपा खैरहनी नगर कमिटीले १ लाख १ हजार पाँच रुपैया तथा साना किसान कृषि सहकारी संस्था कुमरोजले ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।   

नेकपा नगर कमिटि अध्यक्ष लक्ष्मी ढकालको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लालमणी चौधरीलाई नगद रकम हस्तान्तरण गरेको थियो । सो अवसरमा नगर इन्चार्ज हिरावहादुर गुरुङले सहयोग गरिएको रकम विपन्न तथा श्रमजिवी वर्गका लागि राहत व्यवस्थापन गर्न आग्रह गरे । रकम ग्रहण गर्दै नगर प्रमुख चौधरीले दलहरुले पनि विपदका वेला नगरपालिकासंग सहकार्य गरेको धन्यवाद दिदै सहयोग रकम लक्षित वर्गमा पुग्ने विश्वास दिलाए ।   

बिहीबारनै साना किसान कृषि सहकारी संस्था कुमरोजले ५१ हजार रुपैयाँको चेक नगरपालिकालाई हस्तान्तरण गरेको छ ।   

सहकारीका अध्यक्ष तेज प्रसाद बर्तौला र उपाध्यक्ष गितानाथ अर्यालले सो रकम बराबरको चेक नगर प्रमुख लालमणी चौधरीलाई हस्तान्तरण गरे । यस अघि साना किसान कृषि सहकारी संस्था खैरहनीले पनि ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।   

विपद राहत कोषमा हाल बिहीबारको रकम समेत गरी ८ लाख ५० हजार भन्दा बढि रकम संकलन भएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । नगद बाहेक जिन्सी सामान समेत नगरपालिकालाई सहयोग भएको छ ।   

दुई दिन अघि मात्रै नेकपा स्थायी कमिटि सदस्य एवंम् प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेको पहलमा १ सय ५० परिवारका लागि राहत सामाग्री नगरपालिका आईपुगेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =