कोरोना संक्रमणबाट इटालीका ओलम्पिक धावकको निधन

चैत्र २७, काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट इटलीका धावक डोनाटो साबियाको मृत्यु भएको छ। दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका ५६ वर्षीय साबियाको मृत्यु भएको इटालियन ओलम्पिक कमिटी (सिओएनआई) ले पुष्टि गरेको छ।   

सिएएनआईले जारी गरेको स्टेटमेन्ट अनुसार केही दिन देखि साबिया इटलीको दक्षिण क्षेत्रको पोटेनजास्थित सान कार्लो हस्पिटल आईसियूमा उपचाररत थिए। उनले सन् १९९४ मा लस एन्जलमा भएको ओलम्पिकमा ८ सय मिटर दौडमा पाँचौ स्थान हात पारेका थिए भने चार वर्षपछि सिउल ओलम्पिका त्यही विधामा सातौँ भएका थिए।   

साबियाले सन् १९८४ मा भएको युरोपियन इन्डोर च्याम्पियनसिपमा ८ सय मिटर स्पर्धामै गोल्ड मेडल जितेका थिए। सिओएनआईका अनुसार कोरोना भाइरका कारण मृत्यु हुने साबिया पहिलो ओलम्पियन हुन्। फिडालले साबियाको बुबाको पनि केही दिनअघि कोरोनाके कारण मृत्यु भएको जनाएको छ।   

‘यो दुःख भित्रको दुस्ख हो।’ फिडालका अध्यक्ष अल्फिओ जिओमीले स्टेटमेन्टमा भनेका छन्। ‘डोनाटो साबिया त्यस्ता व्यक्ति हुन् जसलाई तपाई माया नगरी बस्न सक्नुहुन्थेन।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *