११ र १२ को परीक्षा निर्धारण गरिएकै मितिमा हुन सक्ने !

चैत्र १९, काठमाडौं । कक्षा ११ र १२ को परीक्षा तोकिएकै मितिमा हुने बोर्डले जनाएको छ । नेपाल सरकारले चैत्र २५ गतेसम्म मुलुकभर लकडाउन गर्ने निर्णय गरेको छ । यदि लकडाउन अवधि लम्बियो भने परीक्षा मिति पुनः सर्न सक्ने बोर्डले जनाएको छ ।   

पूर्व निर्धारित परीक्षा तालिकाअनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि बैशाख १८ गतेसम्म र कक्षा ११ को बैशाख २१ देखि बैशाख ३१ गतेसम्म सञ्चालन गर्ने गरी तय गरिएको थियो । 

एसईई परीक्षा मिति भने टुंगो नलागिसकेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । प्रा. डा. पौडेलले मकालु खबरसँग भने–‘सामाजिक सञ्जालमा एसईई वैशाख २१ गते हुने भनेर हल्ला फैलाइएको छ । त्यो सूचना गलत हो । बोर्डले यसबारे आधिकारिक निर्णय गरेको छैन । हामी हल्लाबारे छानविन गर्छौँ ।’ 

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको ...

यदि २५ गते नै लकडाउन खुल्यो र शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको आग्रह मानेमा कक्षा ११ र १२ को परीक्षा भने पूर्व निर्धारित मितिमै हुन सक्ने उनले जानकारी दिए ।  

(यसअघि प्राप्त सूचना गलत भएकोमा सच्याइएको छ । यसले पाठकसामू पर्न गएको असुविधामा हामी क्षमापार्थी छौँ) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =