चारगाउँ खानेपानीमा ५० प्रतिशत छुट

चैत २०, चितवन । चितवनको खैरहनी ९ डाँडागाउँमा रहेको चारगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चैत महिनाको शुल्कमा आधा छुट गरेको छ ।
कोरोना भाईरसको सक्रमण देखिएपछि लागू गरिएको लकडाउनको अवस्थालाई मध्यनगर गर्दै खानेपानी संस्थाले मासिक लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिएको संस्थाका अध्यक्ष नारायण भण्डारीले वताए । १० हजार लिटर वरावर १ सय १० रुपैया उपभोक्ताले तिर्दै आएका छन् ।
अव चैत महिनाको शुल्क न्युनतम १ सय १० रुपैयाका आधारमा ५५ रुपैया मात्र तिरे हुने अध्यक्ष भण्डारीले वताए । यो ठुलो काम त होईन् अध्यक्ष भण्डारीले भने – ‘सवै तिरबाट उपभोक्ता मारमा परिरहेका थोरै भए पनि राहत दिएका हौँ ।’

सो संस्थाको ८ सय ५० उपभोक्ता छन् । साथै संस्थाले फागुन महिनाको विलम्व शुल्क नलाग्ने समेत जनाएको छ । स्थानीयवासीकै लगानीमा ४ कठ्ठा जग्गा खरिद गरेर खानेपानी संस्थाको निर्माण गरिएको हो ।








