नेपाल मुस्लिम समुदाय विकास केन्द्रद्वारा १२० परिवारलाई राहत वितरण
२०७७ वैशाख ६ गते

वैशाख ६, विराटनगर । नेपाल मुस्लिम समुदाय विकास केन्द्रद्वारा १२० परिवारलाई राहत वितरण गरिएको छ ।
उक्त संस्थाले विराटनगर वडा नम्बर ५, ६ र कटहरी गाउँपालिका वडा नम्बर १ का १२० मजदुरलाई राहत वितरण गरेको हो । साथै लकडाउनका कारण खाद्यान्न अभाव भएका परिवारलाई पनि राहत वितरण गरिएको संस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए ।
उक्त सम्पूर्ण परिवारलाई १० केजी चामल, दाल, आलु, नुन, तेल लगायतका विविध खाद्यान्न सामाग्री वितरण गरिएको उनले बताए । संस्थाका सदस्यमार्फत् रकम संकलन गरि राहत वितरण गरिएको आयोजक कमिटिका एक सदस्यले जानकारी दिए।

उक्त कार्यक्रममा इब्राहिम शर्मा, मो. जिया हुसैन, अब्दुल कादर, कमल श्रेष्ठ लगायत अन्य संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।
२०७७ वैशाख ६ गते
प्रतिक्रिया
सम्बन्धित








