चन्द्रागिरि नगरपालिकामा विदेशबाट आएकाहरूको स्वाव परीक्षण सुरू

२२ चैत्र, काठमाडौं । चन्द्रागिरि नगरपालिका नगरपालिकामा (काभिड १९) कोरोना भाइरसको स्वाव परीक्षण संकलन  सुरू गरिएको छ । चन्द्रागिरि १५ तिनथाना र चन्द्रागिरि ७ महादेवस्थानमा (कोभिड १९) कोरोना भाइरसको स्वाप परीक्षण संकलन सुरू गरिएको हो । 

चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ को वडा अध्यक्ष ईन्जिनियर उत्तम बहादुर राउतले चन्द्रागिरी नगरपालिका र सशस्त्र प्रहरी बल अस्पताल बलम्वु अस्पतालको प्राविधिक सहयोगमा बिदेशवाट आएका र होम क्वारेन्टाइनमा वसेका हरूलाई स्वाव परीक्षण र नमुना सकल गरिने बताए । 

ईन्जिनियर राउतका अनुसार चन्द्रागिरि १४ र वडा नम्बर १५ मा रहेका बिदेशवाट आएका संयुक्त रूपमा १५ नम्बर वडा कार्यालयमा परिक्षण गरिएको बताए । १५ नम्बर वडामा अस्ट्रेलिया, कतार, बङ्गादेश, दुबई, भारतको बैङलोर, दिल्लीबाट आएका १३ जनाको स्वाव लिने काम भईरहेको छ भने १४ नम्बरवाट ११ जना बिदेश वाट आएकाहरूको नमुना संकलन गरिनेछ ।   

सशस्त्र प्रहरी बलका प्रबक्ता डिआईजी प्रविन श्रेष्ठले सशस्त्र प्रहरी अस्पताल बलम्वु वाट आएका दुई जना डाक्टर र स्वास्थ्यकर्मी सहित पाँच जनाको टोली र नगरपालिकाको स्वास्थ्य टोलीहरू परिचालित छन् । आज उक्ति वडा सकिए पछि चन्द्रागिरि ५,६,७ नम्बर वडाको काम सुरू गरिने बताए । उनले घाँटी, नाक र मुखवाट र्‍याल संकलन पश्चात् केन्द्रीय प्रयोगशालमा जाचको लागि पठाईने बताए । 

नगरपालिकामा १४६ जना बिदेशवाट आएकाहरू होम क्वारेन्टाइनमा रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =