कोरोना संक्रमण रोक्न घरपालुवा जनावरलाई अनावश्यक नछुन सुझाव

चैत २६, काठमाडौं । मानिसबाट केही पशुमा पनि कोरोनाभाइरस सरेको केही प्रमाण भेटिएपछि वैज्ञानिकहरूले लकडाउनका बेला आफ्ना बिराला घरभित्रै राख्न सुझाव दिएका छन् । 

दुई घरपालुवा कुकुर, एक बिरालो र एक बाघमा समेत कोरोनाभाइरस सरेको पाइएपछि पशुचिकित्साविज्ञहरूले त्यस्तो सुझाव दिएका हुन् । हालै न्यूयोर्कको ब्रोङ्क्स चिडियाखानाको बाघमा त्यसको स्याहार गर्ने मानिसबाटै कोरोनाभाइरस सरेको पाइएको थियो । 

पशुचिकित्सकहरूले बिराला र कुकुर जस्ता घरपालुवा जनावरबाट तिनका मालिकमा भाइरस सर्ने जोखिम कमै भएको पाइए पनि तिनलाई घरभित्रै राख्न सुझाव दिएका छन् । ती जनावरका भुत्लाबाट भाइरस सङ्क्रमण फैलिन जोखिम कम गर्न उनीहरूले त्यस्तो सुझाव दिएका हुन् । ब्रिटिश पशुचिकित्सक सङ्घले मानिसहरूलाई आश्वस्त पार्ने प्रयास गर्दै चिन्तिन भइहाल्नुपर्ने अवस्था नरहेको बताएको छ । 

अध्ययनहरूले बिरालोमा अन्य बिरालोबाट भाइरस सरेको प्रमाण भेटिएको छ । आफ्ना हातबाट जनावरका भुत्लामा भाइरस सर्न नदिन मानिसहरूले सावधानी अपनाउनुपर्ने सुझाव ब्रिटिश पशुचिकित्सक सङ्घकी प्रमुख ड्यान्येला डोस स्यान्टोसले दिएकी छन् । 

बीबीसी  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =