कोरोना संक्रमणको दोस्रो तरंगको खतरा छः चीन
२०७६ चैत २७ गते

चैत्र २७, काठमाडौं। चीनले कोरोना भाइरसको दोस्रो तरंग देखिनसक्ने चेतावनी दिएको छ। सिन्ह्वाका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना विश्वव्यापी बनिसकेको अवस्थामा यसको दोस्रो तरंग देखिनसक्ने र त्यसले विश्वमा नयाँ चुनौती निम्त्याउनसक्ने बताएका छन्।
सीले चिनियाँ अधिकारीहरुलाई कोरोना भाइरसको चुनौती नसकिएकाले यसले अर्को समस्या निम्त्याउनसक्ने र त्यसको लागि पूर्वतयारी गर्नुपर्ने बताएका थिए। हाल चीनमा विदेशबाट फर्किएका मानिसमा कोरोनाका नयाँ संक्रमण देखिन थालेका छन्। सीले कोरोना भाइरस नियन्त्रण गर्न सजगता अपनाउनुपर्ने बताएका छन्।
हाल चीनमा ८१ हजार ८६५ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ३३ सय ३५ को मृत्यु भइसकेको छ। यतिबेला कोरोनाको प्रभाव चीनमा घट्दै गएको छ। अमेरिका, स्पेन, इटली, जर्मनी, फ्रान्स हाल कोरोनाले ग्रस्त छन्।

२०७६ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








